पार्टी सुदृढ बनाउन जनताको बीचमा पुगेका छौँ : प्रचण्ड

हिमाल प्रेस १४ वैशाख २०८२ १९:२८ | Sunday, April 27, 2025
पार्टी सुदृढ बनाउन जनताको बीचमा पुगेका छौँ : प्रचण्ड नेकपा माओवादी के अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। फाइल तस्बिर।
बाँके– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई सुदृढ बनाउन आफूहरु जनताको बीचमा पुगेको बताएका छन्।आइतबार बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित फत्तेपुरमा माओवादी केन्द्रले सञ्चालन गरेको तराई मधेश जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीका अभियान, विचार र सिद्धान्तलाई जनतासम्म पुर्‍याउन र जनताका समस्या बुझ्दै जनतासँग नजिकको सम्बन्ध स्थापित गर्न अभियान सफल भएको बताए।

‘हामीले सरकारमा रहँदा सामाजिक न्याय र सुशासनको पक्षमा गरेको कामबारेमा जानकारी गराउने र तराई मधेशका सबै समुदायका जनतासँग सम्बन्ध जोड्दै पार्टीलाई सुदृढ बनाउने अभियानमा छौँ,’ उनले भने, ‘म पहिलोपटक यो राप्ती सोनारी गाउँपालिकामा आउँदा उत्साहित भएको छु यहाँको विकासका लागि गर्नुपर्ने काममा म प्रतिबद्ध पनि छु।’

उनले बाँकेको राप्ती सोनारी क्षेत्रमा पछिल्लो समयमा विकास निर्माण र शिक्षा स्वास्थ्यको अवस्थामा सुधार भएको उल्लेख गर्दै सडक, स्वास्थ्य चौकी र राप्ती नदीको कटान रोक्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए।

पूर्वप्रधानमन्त्री प्रचण्डले आइतबारनै राप्ती सोनारी–७ मा राप्ती नदीले गरेको कटान तथा तटबन्धको स्थलगत निरीक्षण समेत गरेका छन्। कटान तथा तटबन्धको निरीक्षण गर्दै अध्यक्ष प्रचण्डले तत्काल तटबन्धको काम पूरा गरेर सो क्षेत्रका जनतालाई डुबान र कटानको त्रासबाट जोगाउन आवश्यक रहेको बताए।

 

प्रकाशित: १४ वैशाख २०८२ १९:२८ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast