![पातलिँदै शिक्षक आन्दोलन, महासंघ वार्तामा, शिक्षकहरू विद्यालयतिर [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/04/teacher-aandolan-10.jpeg) 
                            
                                            काठमाडौँ– नेपाल शिक्षक महासंघले काठमाडौँमा जारी राखेको सडक आन्दोलन क्रमशः पातलिँदै गएको छ। शिक्षकहरूले नेपाल शिक्षक महासंघको अगुवाइमा २९ दिनदेखि निरन्तर रूपमा आन्दोलन गर्दै आएका छन्।
महासंघका प्रतिनिधिहरू सरकारसँग वार्तामा केन्द्रित हुन थालेपछि आन्दोलनमा शिक्षकहरू पातलिँदै गएका छन्। केही दिनदेखि आन्दोलनमा शिक्षकहरूको उपस्थिति कमजोर हुँदै गएको छ। अधिकांश शिक्षकहरू आन्दोलन छाडेर विद्यालयमा फर्किएका छन्।
पालिकारूले शिक्षकहरूलाई सम्बोधन गरेर विद्यालयमा पठनपाठन थाल्न निर्देशन दिन थालेका कारण माइतीघर-बानेश्वर सडकमा जारी आन्दोलन कमजोर हुँदै गएको हो। यद्यपि, नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले भने वार्तासँगै आन्दोलनलाई निरन्तरता दिएको जनाएको छ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्नेसहितका विभिन्न पेसागत माग अघि सारेर महासंघ आन्दोलित छ। आफूहरुको माग पुरा हुने अवस्था नबनेसम्म आन्दोलन जारी रहने महासंघले स्पष्ट पारेको छ।

 
  
 

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 