पहलगाम घटना अमानवीय कुकृत्य : जनमत पार्टी

हिमाल प्रेस १२ वैशाख २०८२ १५:५५ | Friday, April 25, 2025
पहलगाम घटना अमानवीय कुकृत्य : जनमत पार्टी

काठमाडौँ- जनमत पार्टीले भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणको भत्र्सना गरेको छ।

पहलगाम घटनाले मानवतालाई नै लज्जित बनाएको भन्दै जनमतले आतंकवादी आक्रमणको निन्दा गरेको हो।

‘मानवतालाई नै शर्मशार गर्ने यस्ता अमानवीय कुकृत्य कुनै पनि आधारमा एउटा सभ्य समाजमा स्वीकार्य हुँदैन,’ प्रवक्ता डा.शरदसिंह यादवले विज्ञप्ति निकालेर भनेका छन्,‘पर्यटकहरूमाथि भएको आतंकवादी हमलाको हामी घोर निन्दा गर्दछौँ।’

आतंकवादी आक्रमणमा परी ज्यान गुमाएका एक नेपालीसहित २६ जनाको परिवारप्रति जनमतले समवेदना जनाएको छ।

प्रकाशित: १२ वैशाख २०८२ १५:५५ | Friday, April 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast