‘पर्वतारोहणसँग सम्बन्धित सामाजिक सुरक्षा कोष स्थापना गर्ने तयारी भइरहेको छ’

हिमाल प्रेस ६ वैशाख २०८२ १६:३६ | Saturday, April 19, 2025
‘पर्वतारोहणसँग सम्बन्धित सामाजिक सुरक्षा कोष स्थापना गर्ने तयारी भइरहेको छ’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहणसँग सम्बन्धी सामाजिक सुरक्षा कोष स्थापना गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

नेपाल पर्यटन बोर्डले शनिबार ललितपुरमा आयोजना गरेको डिजिटल युगमा नेपाली पर्यटन उद्योगमा महिला विषयक कार्यक्रममा मन्त्री पाण्डेले पर्वतारोहण क्षेत्रमा लागेका व्यक्तिहरुको जीवन सुरक्षित गर्नका लागि पर्वतारोहणसँगसम्बन्धी सामाजिक सुरक्षा कोष स्थापना गर्ने खाका निर्माण भएको जानकारी दिएका हुन्।

उनले पर्यटन क्षेत्रमा उद्यम गर्ने महिलाहरुका लागि प्रोत्साहन गर्न सहजीकरण गर्ने काम सरकारले गर्ने प्रतिवद्धता जनाए।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकास निजी क्षेत्रसँगको सहकार्यमा अझै प्रभावकारी रुपमा अघि बढाउन सकिने भएकाले सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार काम गर्नुपर्नेमा जोड दिए। पर्यटन उद्योगमा महिला उद्यमशीलता नै अर्थतन्त्रको महत्वपूर्ण आधार हुनसक्ने उनले बताए।

त्यस्तै उनले पर्यटन क्षेत्रको विकास र समृद्धिलाई केन्द्रमा राखेर आगामी बर्षको बजेट आउने धारणा पनि राखे।

प्रकाशित: ६ वैशाख २०८२ १६:३६ | Saturday, April 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast