 
                             
                                            काठमाडौँ– सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो संख्या हवाईमार्ग भएर आएका पर्यटकको हो। बोर्डको विवरणमा वर्षको पहिलो तीन महिनामा दुई लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका छन्। जनवरीमा ७९ हजार नौ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल आएका थिए।
मार्च महिनामा सबैभन्दा धेरै भारतबाट २१ हजार चार सय १२ पर्यटक नेपाल आएका थिए।
चीनबाट ११ हजार चार सय ४३ र अमेरिकाबाट ११ हजार ९२ जना अमेरिकी आएका बोर्डको विवरणमा उल्लेख छ। श्रीलंकाबाट आठ हजार आठ सय ८६ र बेलायतबाट पाँच हजार नौ सय ९५ जना आएका छन्। मार्चमा दक्षिण एसियाली मुलुकका मात्रै ३५ हजार दुई सय ८७ पर्यटक आएका छन्।
                            प्रकाशित: २० चैत  २०८१ ६:२९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 