नेप्से परिसूचक सात अंकले बढ्यो

हिमाल प्रेस ३ वैशाख २०८२ १५:४४ | Wednesday, April 16, 2025
नेप्से परिसूचक सात अंकले बढ्यो सेयर बजार

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सात दशमलव शून्य एक अंकले बढेर दुई हजार छ सय ९६ दशमलव २३ को विन्दुमा कायम भएको छ।

आज तीन सय २९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ मूल्य बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

वित्त समूहको उपसूचक शून्य दशमलव ६७, होटल तथा पर्यटन समूह शून्य दशमलव १६, लगानी शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव शून्य छ र अन्य समूहको उपसूचक एक दशमलव शून्य सात प्रतिशतले घटेको छ। अरु सबै समूहको उपसूचक बढेको छ।

सबैभन्दा बढी जलविद्युत् समूह एक दशमलव ६३ र विकास बैंक समूह एक दशमलव ११ प्रतिशतले बढेको छ। बैंकिङ शून्य दशमलव ३९, जीवन बिमा शून्य दशमलव शून्य पाँच, म्युचुअल फण्ड शून्य दशमलव ३६, निर्जीवन बिमा शून्य दशमलव ५५ र व्यापार समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ।

आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी छ दशमलव ८१ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको ५९ करोड ४१ लाख ५३ हजार नौ सय ६० मूल्य बराबरको १९ लाख ५० हजार आठ सय छ कित्ता सेयर किनबेच भएको छ।

प्रकाशित: ३ वैशाख २०८२ १५:४४ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast