नेप्से परिसूचकमा उच्च अंकको गिरावट

हिमाल प्रेस १० वैशाख २०८२ १६:५९ | Wednesday, April 23, 2025
नेप्से परिसूचकमा उच्च अंकको गिरावट

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ३२ दशमलव ३९ अंकले घटेर दुई हजार छ सय ५५ दशमलव ९४ को बिन्दुमा कायम भएको हो। यो साताको कारोबारमा नेप्से परिसूचक लगातार चौथो दिन पनि घटेको हो।

आज तीन सय आठ कम्पनीको एक करोड ८४ लाख ७७ हजार सात सय तीन कित्ता शेयर ६४ हजार एक सय ४० पटक खरिदबिक्री हुँदा सात अर्ब ५७ करोड ५५ लाख १७ हजार दुई सय ४६ मूल्य बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको उपसूचक सामान्य अंकले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी विकास बैंक समूह दुई दशमलव शून्य नौ प्रतिशतले घटेको छ।

प्रकाशित: १० वैशाख २०८२ १६:५९ | Wednesday, April 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast