नेपाल–भारत सेनाको संयुक्त टोलीले कञ्चनजंघाको आरोहण गर्दै

हिमाल प्रेस २१ चैत २०८१ २०:५५ | Thursday, April 3, 2025
नेपाल–भारत सेनाको संयुक्त टोलीले कञ्चनजंघाको आरोहण गर्दै

काठमाडौँ- नेपाल र भारतका सेनाको संयुक्त आरोहण दलले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको आरोहण गर्ने भएका छन्।

भारतका रक्षामन्त्री राजनाथ सिंहले बिहीबार नयाँ दिल्लीस्थित रक्षा मन्त्रालय परिसरमा आयोजित समारोहका बीच झण्डलोत्तन गरेर संयुक्त आरोहण दललाई बिदाइ गरेका हुन्।

समारोहमा नेपाली सेनाको सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी ध्रुवप्रकाश शाह पनि सहभागी थिए।

कञ्चनजंघा आरोहण अभियानको नेतृत्व भारतीय सेनाका कर्नेल सरफराज सिंहले गर्नेछन्, जसमा १२ जना भारतीय र ६ जना नेपाली सेना समावेश हुनेछन्।

त्यस्तै ३५ जना भारतीय सेना र १० जना एनसीसी क्याडेटले सगरमाथा आरोहण गर्नेछन्।

बिदाइ समारोहमा भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, भारतीय स्थल सेनाका अध्यक्ष जनरल उपेन्द्र द्विवेदी र भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्मा उपस्थित थिए।

प्रकाशित: २१ चैत २०८१ २०:५५ | Thursday, April 3, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast