नेपाल बारको अध्यक्षमा मिश्रसहित प्यानल निर्वाचित

हिमाल प्रेस २८ चैत २०८१ १५:०१ | Thursday, April 10, 2025
नेपाल बारको अध्यक्षमा मिश्रसहित प्यानल निर्वाचित

काठमाडौँ– नेपाल बार एसोसिएसनको अध्यक्षमा प्राडा. विजयप्रसाद मिश्र निर्वाचित भएका छन्। प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई पराजित गर्दै मिश्र बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका हुन्।

अन्तिम मतपरिणामअनुसार मिश्रले पाँच हजार ५२ मत प्राप्त गरेका छन् भने श्रेष्ठले दुई हजार ६ सय २१ मत पाएका छन्। निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष मिश्रले बारमा सबैलाई समेटेर एकजुट भएर अघि बढ्ने बताए।

स्वतन्त्र न्यायपालीकाको वास्तविक रुपमा स्थापीत गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्ने उनले बताए।

मिश्रले लयर्स एकेडेमीको स्थापनामार्फत कानून व्यवसायीहरुको अध्ययन प्रशिक्षण तथा तालिमका लागि प्रयाप्त अवसरको व्यवस्था गरिने उल्लेख गरे। उनले संविधान संशोधनमा समेत बारले महत्वपूर्ण योगदान पुर्‍याउने जिकिर गरे।

त्यस्तै बारको उपाध्यक्षमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भएका छन्।

महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ विजयी भएकी छन्। महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन् भने कोषाध्यक्षमा जगत बहादुर कार्की विजयी भएका छन्। नेपाल बारको चुनावमा मिश्रको प्यानल नै निर्वाचित भएको हो।
बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट श्रेष्ठले प्रतिस्पर्धामा गरेका थिए।
शनिबार भएको निर्वाचनमा देशभर गरी कूल ९ हजार ९९७ मतदाता रहेकोमा ७ हजार ९९५ जनाले मतदान गरेका थिए।

प्रकाशित: २८ चैत २०८१ १५:०१ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast