नेताहरू सत्ता केन्द्रीत हुँदा व्यवस्थामा प्रश्न खडा भएको छ : उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस ३ वैशाख २०८२ १९:०५ | Wednesday, April 16, 2025
नेताहरू सत्ता केन्द्रीत हुँदा व्यवस्थामा प्रश्न खडा भएको छ : उपप्रधानमन्त्री सिंह उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह। फाइल तस्बिर

काठमाडौँ– उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक दलका नेताहरु सत्ता केन्द्रीत भएका कारण व्यवस्थामा नै प्रश्न खडा भएको बताएका छन्।

गणेशमान सिंह फाउण्डेशनले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा सिंहले राजनीति नेताहरु सत्ता केन्द्रित हुँदै जाँदा लोकतान्त्रिक मूल्य र आदर्श ओझेलमा परेको र यसले गर्दा लोकतन्त्रको विकल्प खोज्ने अवस्था सिर्जना भएको बताएका हुन्।

नेताहरुले गणेशमान सिंह, बीपी कोइराला, सुवर्णशम्शेर, पुष्पलाल र मनमोहन अधिकारीहरु जस्तो राजनीतिक आदर्श र व्यवहार देखाउन सकेको भए लोकतन्त्रको विकल्प खोज्नु पर्ने अवस्था नआउने उनले बताए।

उनले २०४६ सालपछि नेताहरु सत्ता राजनीतिमा केन्द्रित हुँदा जनताको समस्या र जनजीविकाका सवालहरु ओझेलमा परेको धारणा राखे। उपप्रधानमन्त्री सिंहले लोकतन्त्रलाई संस्थागत गर्दै जनतालाई केन्द्रमा राखेर अघि बढ्न सके, संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प हुन नसक्ने उल्लेख गरे।

कार्यक्रममा दुईजना लोकतान्त्रिक महिला योद्धा पूर्वशिक्षिका शान्ता घिमिरे र समाजसेवी इन्दु देवी नौलखालाई सम्मान गरिएको थियो।

प्रकाशित: ३ वैशाख २०८२ १९:०५ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast