नाउपासँग एकताअघि बोलायो जनमतले कार्यकारिणी बैठक

हिमाल प्रेस १६ वैशाख २०८२ १०:४३ | Tuesday, April 29, 2025
नाउपासँग एकताअघि बोलायो जनमतले कार्यकारिणी बैठक जनमत पार्टीका अध्यक्ष डा. सीके राउत

काठमाडौँ- जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। आज साँझ ५ बजे पार्टी कार्यालय मध्य बानेश्वरमा बस्ने गरी बैठक बोलाइएको हो। आजको बैठकमा नागरिक उन्मुक्ति पार्टीसँगको पार्टी एकताबारे निर्णय लिइने बताइएको छ। यी दुई पार्टीबीच एकता गर्ने सहमति भएको छ।

पार्टी एकताका धेरै विषयमा दुई पार्टीका नेताहरू सहमत भइसकेका छन्। सोहीकारण विधान प्रतिस्थापन समितिको मस्यौदा तथा पार्टी एकताबारे छलफल गर्न बैठक बोलाइएको हो।

एकीकृत पार्टीको नाम नागरिक जनमत पार्टी रहने र अध्यक्ष सीके राउत हुने सहमति भइसकेको छ। त्यस्तै रञ्जिता श्रेष्ठ सहअध्यक्ष हुनेछिन्। वरीयता क्रममा भने नाउपाका संरक्षक रेशम चौधरी पहिलो स्थानमा हुनेछन्।

प्रकाशित: १६ वैशाख २०८२ १०:४३ | Tuesday, April 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast