नवनियुक्त शिक्षामन्त्री पन्तले भने – वार्ताबाट शिक्षकको समस्या समाधान गर्छौँ

हिमाल प्रेस ११ वैशाख २०८२ १७:५६ | Thursday, April 24, 2025
नवनियुक्त शिक्षामन्त्री पन्तले भने – वार्ताबाट शिक्षकको समस्या समाधान गर्छौँ शिक्षामन्त्री रघुजी पन्त

काठमाडौँ– नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्तामार्फत शिक्षकको समस्या समाधान गर्ने बताएका छन्।

बिहीबार शितल निवासमा सपथ गरेपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री पन्तले यस्तो बताएका हुन्।

उनले शिक्षकका विषयमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत हुने र वार्तामार्फत शिक्षकको समस्या समाधान गर्ने बताए। उनले शिक्षकसंग मन्त्रालयले यसअघि गरेको छलफलका विषयमा जानकारी लिने उल्लेख गरे। मन्त्रालयबाट शिक्षकहरुसँग भएका वार्ताका लागि धन्यवाद दिँदै राम्रोसँग जानकारी लिएर अघि बढ्ने उनले बताए।

पन्तले अव बोल्ने भन्दा पनि काम गर्नमा ध्यान केन्द्रीत गर्ने जिकिर गरे।

प्रकाशित: ११ वैशाख २०८२ १७:५६ | Thursday, April 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast