नयाँ वर्षमा राजनीतिक अस्थिरताको समाधान मिलोस् : अध्यक्ष भट्टराई

हिमाल प्रेस १ वैशाख २०८२ ६:०९ | Monday, April 14, 2025
नयाँ वर्षमा राजनीतिक अस्थिरताको समाधान मिलोस् : अध्यक्ष भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ वर्ष सुरु भएसँगै जनताको समृद्धिको सपना पूरा हुने विश्वास व्यक्त गरेका छन्।

अध्यक्ष डा.भट्टराईले नयाँ वर्ष २०८२ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन्।

शुभकामना सन्देशमा अध्यक्ष डा. भट्टराईले भनेका छन्,‘नयाँ वर्षले सम्पूर्ण नेपालीहरूमा सुख, समृद्धि र खुसी लिएर आओस्। सबै नेपालीहरूको मनको आकांक्षा पूरा होस्। राजनीतिक अस्थिरताको समाधान मिलोस्।’

प्रकाशित: १ वैशाख २०८२ ६:०९ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast