नयाँ वर्षको अवसरमा साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

हिमाल प्रेस १० वैशाख २०८२ २०:१६ | Wednesday, April 23, 2025
नयाँ वर्षको अवसरमा साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

काठमाडौँ– नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डस्ट्रिजको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ग्राहक केन्द्रित विशेष अभियान ०–५–१० घोषणा गरेको छ।

यो अभियानले बीवाईडी ग्राहकलाई दीर्घकालीन मूल्य, विश्वसनीयता र मानसिक शान्ति प्रदान गर्ने आधिकारिक वितरक साइमेक्स इंक प्रालिले जनाएको छ।

यो अभियानअन्तर्गत ग्राहकले निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज प्राप्त गर्नेछन् जसमा लेवर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलमेन्टलगायतका सुविधा प्राप्त हुने वितरकले जनाएको छ। कम्पनीले सिफारिस गरेको सर्भिस तालिकाअनुसार पाँच वर्षसम्मका लागि यो सुविधा उपलब्ध हुनेछ।

त्यस्तै प्रत्येक ग्राहकले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटरमध्ये जुन पहिले आउँछ, त्यही वारेन्टी सुविधाको फाइदा पाउने कम्पनीले जनाएको छ। यो ईभी उद्योगमै सबैभन्दा धेरै पाइने वारेन्टी रहेको छ।

यो विशेष ०–५–१० अभियान अगामी वैशाख ३१ गतेसम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि हुनेछ र बीवाईडीका नेपालभर उपलब्ध सबै मोडलमा लागि हुने कम्पनीले जनाएको छ।

अभियानको घोषणा गर्दै साइमेक्स इंक प्रालिका नेसनल सेल्स हेड आशुतोष गौतमले भने,‘नयाँ वर्षमा प्रवेश गर्दैगर्दा हामीले हाम्रा ग्राहकका साथ कारमात्र नभई एक दशकसम्मको विश्वास र हेरचाहसमेतको उत्सव मनाउन चाहन्छौँ। ०–५–१० अभियान एउटा अफरमात्र होइन, यो इलेक्ट्रिक मोबिलिटीतर्फ नेपालका लागि हाम्रो दीर्घकालीन प्रतिबद्धता पनि हो।’

प्रकाशित: १० वैशाख २०८२ २०:१६ | Wednesday, April 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast