 फाइल तस्बिर
                             फाइल तस्बिर 
                                            काठमाडौँ- शिक्षक आन्दोलनका क्रममा आज नयाँ बानेश्वरमा शिक्षक र सुरक्षाकर्मीबीच झडप भएको छ। बिजुलीबजार-नयाँ बानेश्वर सडकखण्डमा भेला भएका शिक्षकहरूलाई प्रहरीले रोक्न खोज्दा स्थिति तनावग्रस्त बनेको हो। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको जनाइएको छ।
भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको पुष्टि भएको छ भने स्थिति थप बिग्रन नदिन सुरक्षाकर्मीहरूले पानीको फोहोरा प्रयोग गरेर भीडलाई तितरबितर पारेका छन्।
शिक्षकहरू आफ्नो माग सम्बोधन नभएको भन्दै आन्दोलनरत छन् भने सरकारले वार्ताका प्रयास जारी राखेको जनाएको छ। शिक्षक आन्दोलन आज २६ औं दिन पुगेको छ। उनीहरूले तत्काल अग्रगामी शिक्षा ऐन जारी गर्न माग गरेका छन्।
                            प्रकाशित: १४ वैशाख  २०८२ १२:४९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 