नदीमा ढल मिसाउन नहुने नियम कार्यान्वयनमा कमजोरी देखियो : उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस ६ वैशाख २०८२ १३:५२ | Saturday, April 19, 2025
नदीमा ढल मिसाउन नहुने नियम कार्यान्वयनमा कमजोरी देखियो : उपप्रधानमन्त्री सिंह

काठमाडौँ- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले काठमाडौँका नदी सफा गर्न ठोस् कार्यक्रम ल्याउने बताएका छन्।

काठमाडौँ क्षेत्र नम्बर १ अन्तर्गत वडा नं १० बुद्धनगरमा आयोजित कार्यक्रममा उनले नदी सफा गर्न सिधै ढल मिसाउने अवस्था अन्त्य गर्नुपर्ने बताए।

‘नदीमा सिधै ढल मिसाउन रोक्नैपर्छ। सरकारले धेरै लगानी गरिसकेको छ। तर, कार्यान्वयनमा कमीकमजोरी भएको कारणले हो कि अब विगतमा भएका गल्ती सच्याउने बेला आइसकेको छ,’ उनले भने, ‘बागमती, विष्णुमति, मनोहरा, धोबीखोलालगायतका उपत्यकाका नदी सफा राख्न यसवर्ष सहरी विकास मन्त्रालयले ठोस कार्यक्रम ल्याउने पनि यहाँहरूलाई जानकारी गराउँदछु।’

प्रकाशित: ६ वैशाख २०८२ १३:५२ | Saturday, April 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast