ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार-२०८२’ प्रदान गरिने

हिमाल प्रेस १४ वैशाख २०८२ १५:२४ | Sunday, April 27, 2025
ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार-२०८२’ प्रदान गरिने

काठमाडौँ- नेपाली लेखक संघले आख्यानकार ध्रुवचन्द्र गौतमलाई १ लाख रुपियाँ नगद राशीको ‘राष्ट्रिय लेखक पुरस्कार २०८२’ प्रदान गर्ने भएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै संघले वैशाख १६ मा मनाइने लेखक दिवसमा आख्यानकार गौतमलाई पुरस्कृत गर्न लागेको जानकारी दिएको हो।

कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा दिउँसाे १ बजे सुरू हुनेछ। कार्यक्रममा प्रमुख अतिथिका रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे उपस्थित हुनेछन्।

राणाकालमा काठमाडौँका लेखक तथा बुद्धिजीवीले पुस्तकालय स्थापना गर्न खोज्दा तत्कालीन प्रधानमन्त्री भीम शमशेरले दण्डित गरेको घटनालाई पुस्तकालय पर्वका नामले चिनिन्छ। त्यसै दिनदेखि वैशाख १६ लाई लेखक दिवसका रुपमा मनाउँदै आएको हो। संघले २०८० सालदेखि लेखक दिवस मनाउन थालेको संघका महासचिव सोझो गाउँलेले बताए।

कार्यक्रममा देशका लब्ध-प्रतिष्ठित लेखक साहित्यकारहरूलाई मानार्थ सदस्यता सम्मान अर्पण गर्ने संघका अध्यक्ष वियोगी बुढाथोकीले जानकारी दिए।

उनका अनुसार संघले साहित्यकार बैरागी काइँला, ध्रुवचन्द्र गौतम, नरहरि आचार्य, तोया गुरुङ, भुवन ढुंगाना, नगेन्द्रराज शर्मा, बलदेव शर्मा मजगैँया, डा. बेन्जु शर्मा, तुलसी भट्टराई, केदारनाथ खनाल, भूपति ढकाल ‘कमल’, मञ्जु काँचुली, कृष्ण गौतम, गोविन्दराज विनोदी, हेमाङ्गराज अधिकारी, गोविन्दराज भट्टराई, व्रतराज आचार्य, कुलप्रसाद कोइराला, गोपाल भण्डारी, रेवतीरमण लाल, वनमाली निराकार, कविराज न्यौपाने, हरि अधिकारी, ध्रुव सापकोटा, सनत रेग्मी, भक्तबहादुर बलायर, देवेन्द्रप्रताप शाह, देवीप्रसाद वनवासी, रामानन्द आचार्य, मिठाराम विश्वकर्मा, गायत्री श्रेष्ठ र ज्ञानुवाकर पौडेललाई सम्मान गर्ने निर्णय गरेकाे छ।

प्रकाशित: १४ वैशाख २०८२ १५:२४ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast