दृष्टिविहीन छात्र छात्रवासमै मृत फेला

हिमाल प्रेस १७ वैशाख २०८२ १९:४५ | Wednesday, April 30, 2025
दृष्टिविहीन छात्र छात्रवासमै मृत फेला प्रतीकात्मक तस्बिर।

पर्वत– पर्वत सदरमुकाम कुश्मा बजारस्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्र मृत अवस्थामा फेला परेका छन्।

विद्यालयको दृष्टिविहीन छात्रवासमा बस्दै आएका कक्षा ११ अध्ययनरत बागलुङको काठेखोला गाउँपालिका–७ सेराका २० वर्षीय छात्र यामबहादुर कार्की बुधबार बिहान मृत फेला परेका हुन्।

पुरूष छात्रवासमा एक्लै रहेका उनी बिहान अबेरसम्म पनि ढोका खोलेर बाहिर ननिस्केपछि खोजी गर्ने क्रममा मृत भेटिएका हुन्। शिक्षक आन्दोलनका कारण अन्य विद्यार्थी भने घर गएका थिए।

छात्रवासको मुख्य ढोकाको चुकुल खोलेरभित्र पस्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए।

प्रकाशित: १७ वैशाख २०८२ १९:४५ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast