दुलेगौडा-हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै

हिमाल प्रेस २८ चैत २०८१ ९:५७ | Thursday, April 10, 2025
दुलेगौडा-हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै फाइल तस्बिर

तनहुँ- शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ। शुक्लागण्डकी नगरपालिकाले दुई करोड दुई लाख रुपैयाँ छुट्याएर सडक कालोपत्र गर्न थालेको हो।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिने जानकारी दिए। नगर क्षेत्रका सडक क्रमशः स्तरोन्नति गरिने उहाँले बताए।

प्रकाशित: २८ चैत २०८१ ९:५७ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast