काठमाडौँ- नेपाली बजारमा बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। हिजो १७ सयले तोलामा घटेको सुन आज २७ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा पनि बढेको छ। चाँदी तोलामा १० रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
प्रकाशित: ३ वैशाख २०८२ १०:५७ | Wednesday, April 16, 2025
प्रतिक्रिया




