दिवंगत नेता डङ्गोलको अन्त्येष्टि सम्पन्न

हिमाल प्रेस १३ वैशाख २०८२ २०:११ | Saturday, April 26, 2025
दिवंगत नेता डङ्गोलको अन्त्येष्टि सम्पन्न

काठमाडौँ– नेपाली कांग्रेसका दिवंगत नेता तीर्थराम डङ्गोलको पार्थिव शरीर शनिबार अन्त्येष्टि गरिएको छ।

गए राति ७७ वर्षको उमेरमा सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो। उनको पार्थिव शरीर विधिपूर्वक टेकुमा अन्त्येष्टि गरिएको हो।

उनलाई श्रद्धाञ्जली दिन आफन्त, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुकलगायतको सहभागिता थियो। सिनामंगलस्थित केएमसी अस्पतालबाट उनको शव आजै कुलेश्वरस्थित निवासमा ल्याएर विधि विधानका साथ अन्तेष्टि गरिएको हो। नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा शवलाई श्रद्धाञ्जलीका लागि राखिएको थियो।

विसं २०४३ मा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालीन काठमाडौँ नगर पञ्चायतको उपप्रधानपञ्च जितेका डंगोलले व्यवस्थाको विरोध गरेकाले निलम्बनमा परेका थिए।

निष्ठावान र आदर्श नेताको छवि बनाएका उनी कांग्रेस काठमाडौँको जिल्ला सभापति तथा विसं २०५६ को आमचुनावमा काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्यका रूपमा विजयी हुनुका साथै स्वास्थ्य राज्यमन्त्रीसमेत बनेका थिए।

प्रकाशित: १३ वैशाख २०८२ २०:११ | Saturday, April 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast