दिनेश लिङ्देनको निर्देशनमा फिल्म ‘मातृभूमि’ बन्ने

हिमाल प्रेस २९ चैत २०८१ १३:४४ | Friday, April 11, 2025
दिनेश लिङ्देनको निर्देशनमा फिल्म ‘मातृभूमि’ बन्ने

काठमाडौँ- दिनेश लिङ्देनको लेखन तथा निर्देशनमा फिल्म ‘मातृभूमि’ बन्ने भएको छ। निर्देशक लिङ्देनले फिल्मको कथा नेपालको विभित्र जातजाति, संस्कार र संस्कृतिमा आधारित रहने बताए। उनका अनुसार फिल्मको छायांकन काठमाडौँ, नेपालको पूर्वी जिल्ला र केही भाग अमेरिकामा हुनेछ।

फिल्म फाल्गुनन्द लिङदेन फिल्म्स्ले निर्माण गर्ने भएको छ। फिल्मका कविता राई लिङ्देन हुन्। फिल्ममा सन्जीब थेबे, सोनिया शर्मा, भीमबहादुर मगर, लक्ष्मी योङहाङ, भरत मल्ल, राजकुमार लिङदेन, सुमन थाम्सुहाङ, केशवराम राई, साङ्मु शेर्पा, रोहित रुम्बा, नरेशकुमार मेन्याङबो, चुङलामु शेर्पा, कुमबहादुर घर्ति, निस्मा जिमी, सुर्य सिम्खडा र शम्भु फोम्बोको अभिनय रहनेछ।

नरेशकुमार मेन्याङबो प्रस्तुतकर्ता रहेको फिल्ममा भीमबहादुर मगर कार्यकारी निर्माता र वसन्त थेवे सह-निर्माता छन्। फिल्म पुन्य ओझा र बाबु तामाङको द्वन्द्व निर्देशन, जनक कार्कीको नृत्य, सम्राट कार्कीको छायांकन, दीपक तामाङको मुख्य सहायक निर्देशन र छेदा शेर्पाको प्राविधिक निर्देशन रहनेछ।

प्रकाशित: २९ चैत २०८१ १३:४४ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast