दार्चुलाको मालिकार्जुनका शिक्षक र विद्यालय कर्मचारीले पाए तलबभत्ता

हिमाल प्रेस २९ चैत २०८१ १२:२० | Friday, April 11, 2025
दार्चुलाको मालिकार्जुनका शिक्षक र विद्यालय कर्मचारीले पाए तलबभत्ता

दार्चुला- मालिकार्जुन गाउँपालिकाले शिक्षक र विद्यालय कर्मचारीको तलबभत्ता भुक्तान गरेको छ। गाउँपालिकाले माघदेखि पालिकाभित्र कार्यरत सामुदायिक विद्यालयका शिक्षक र विद्यालय कर्मचारीको तलब विद्युतीय सूत्र प्रणाली (इएफटी) मार्फत मासिकरूपमा प्रदान गर्न थालेको हो।

सरकार र मालिकार्जुन गाउँपालिकाको नीति तथा कार्यक्रम र शिक्षा मन्त्रालयले गत मंसिर १७ गते स्थानीय तहलाई पठाएको मन्त्रीस्तरीय निर्णयअनुसार शिक्षकको खातामा मासिक तलब भुक्तानी गर्न थालिएको गाउँपालिका अध्यक्ष हीरासिंह धामीले बताए।

यसअघि त्रैमासिक रुपमा तलब, भत्ता भुक्तानी हुँदै आएको थियो। पालिकाले अबदेखि निजामती र अन्य कर्मचारीलाई जस्तै गरी शिक्षकलाई पनि पाउने तलबभत्ता मासिकरूपमा भुक्तानी गराउने छ। मालिकार्जुन गाउँपालिकामा ३८ वटा सामुदायिक विद्यालयका ३३२ शिक्षक र कर्मचारी छन्।

प्रकाशित: २९ चैत २०८१ १२:२० | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast