दानव नदीमा हराइरहेका बालक मृत भेटिए

हिमाल प्रेस ९ वैशाख २०८२ ९:२८ | Tuesday, April 22, 2025
दानव नदीमा हराइरहेका बालक मृत भेटिए बेपत्ता बालकको खोजीमा खटिएका सुरक्षाकर्मी। तस्बिर स्रोत : सशस्त्र प्रहरी बल

काठमाडौँ- रूपन्देहीको दानव नदीमा हराइरहेका थप दुई बालकको शव फेला परेको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले १३ वर्षीय उमेश यादव र १२ वर्षीय मन्नु हरिजनलाई मंगलबार बिहान मृत फेला पारेको हो।

१४ वर्षीय राज यादवको शव सोमबार साँझ फेला परेको थियो। लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौली स्थित नदीमा पौडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएका थिए।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उनीहरुको खोजीका लागि दीपक कोइरालाको कमाण्डमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट गोताखोर टोली परिचालन गरिएको थियो ।

प्रकाशित: ९ वैशाख २०८२ ९:२८ | Tuesday, April 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast