त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

हिमाल प्रेस २८ चैत २०८१ १६:५२ | Thursday, April 10, 2025
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरारलले दिएको राजीनामा स्वीकृत भएको छ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उपकुलपति बरालको राजीनामा स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।
बरालले व्यक्तिगत कारण देखाउँदै केही दिनअघि पदबाट राजीनामा दिएका थिए।

उनी गत वर्ष फागुन १० गते त्रिविको उपकुलपति नियुक्त भएका थिए।

प्रकाशित: २८ चैत २०८१ १६:५२ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast