तुलसी घिमिरेको ‘पहाड’ कात्तिक ७ मा प्रदर्शन

हिमाल प्रेस १ वैशाख २०८२ १४:५५ | Monday, April 14, 2025
तुलसी घिमिरेको ‘पहाड’ कात्तिक ७ मा प्रदर्शन

काठमाडौँ- निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘पहाड’ आगामी कात्तिक ७ मा प्रदर्शन हुने भएको छ। नयाँ वर्ष २०८२ काे अवसरमा निर्माण टिमले कात्तिक ७ लाई प्रदर्शन मिति ताेकेका हुन्।

फिल्म युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यामा आधारित रहेको लेखक तथा निर्देशक घिमिरेले बताए।

नेपालको गोरखामा ३६ दिन छायांकन भएको फिल्म यही वैशाखमा १० दिन भारतको मुम्बईमा बाँकी छायांकन गर्ने उनले जानकारी दिए।

भाग्यरत्न फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायतका कलाकारको अभिनय छ। यही फिल्ममार्फत निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमीलाई अभिनेत्रीको रूपमा डेब्यु गराएका छन्।

ओजस्वी केसी निर्माता रहेको फिल्म प्रमोद प्रधानको छायांकन सिनेमामा रञ्जित गजमेर संगीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेको छ।

प्रकाशित: १ वैशाख २०८२ १४:५५ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast