 
                             
                                            हेरिरहूँ जस्तो लाग्छ
बेरिरहूँ जस्तो लाग्छ
छमछमी तिम्रो सामु
नाचूँ नाचूँ जस्तो लाग्छ।
बादलसँगै हावाको बेग
तिमीसँगै उडूँ लाग्छ
खुला आकाश, चरीजस्तै
पंखा फिँजाई रमाऊँ लाग्छ।
पूर्णिमाको उज्यालो रात
तिम्रो हात चुमू लाग्छ
तिमीसँग माया-प्रीति
गाँसिदिऊँ जस्तो लाग्छ ।
झरी परको छ यहाँ
खुसीले मन फुरुंग छ
तिम्रो अँगालोमा बसी
रुझूँ-रुझूँ जस्तो लाग्छ।
जिन्दगीको लामो यात्रा
मिठा- मिठा बात गरी
खुसीसँग रमाएर
पूरै पल काटूँ लाग्छ।
हरपल, हरक्षण तिमीलाई नै
हेरिरहूँ जस्तो लाग्छ
छमछमी तिम्रो सामु
नाचूँ-नाचूँ जस्तो लाग्छ ।
                            प्रकाशित: ६ वैशाख  २०८२ १७:२९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 
                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 