तनहुँको श्याम्घामा ५० रोपनीमा अदुवाखेती

हिमाल प्रेस १७ वैशाख २०८२ ११:४१ | Wednesday, April 30, 2025
तनहुँको श्याम्घामा ५० रोपनीमा अदुवाखेती

तनहुँ- १३६औँ अन्तरराष्ट्रिय मजदुर दिवसका अवसरमा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले ५० रोपनीमा अदुवाखेती प्रारम्भ गरेको छ। यसको आरम्भ पार्टी केन्द्रीय सदस्य आशा कोइरालाले गरेका हुन्।

जिल्लाको व्यास नगरपालिका-६ श्याम्घामा ५० रोपनी जग्गामाअदुवाखेती थालिएको हो। उत्पादित अदुवा बिक्रीबाट प्राप्त हुने रकम महासंघमा आबद्ध सदस्यका परिवारको जीविकोपार्जनमा उपयोग गरिने जनाइएको छ।

अखिल नेपाल ट्रेड महासंघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसचिव सूर्यभक्त पौडेलका अनुसार मंगलबार २० जना संगठनका पदाधिकारी सहभागी भएर आधुनिक विधिबाट अदुवा रोपिएको हो। पहिलो चरणमा एक सय धार्नी अदुवा रोपिएको छ भने यस वर्ष पाँच सय धार्नी बीउ रोप्ने लक्ष्य छ।

बाँदरले नोक्सान नगर्ने, धेरै लगानी र परिश्रम गर्न नपर्ने भएकाले अदुवाखेतीलाई प्राथामिकता दिइएको महासंघ तनहुँका अध्यक्ष वीरबहादुर थापाले बताए।

प्रकाशित: १७ वैशाख २०८२ ११:४१ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast