ट्रेन्डिङमा ‘ऊनको स्वीटर’ को ट्रेलर

हिमाल प्रेस १७ वैशाख २०८२ १६:५३ | Wednesday, April 30, 2025
ट्रेन्डिङमा ‘ऊनको स्वीटर’ को ट्रेलर

काठमाडौँ- फिल्म ‘ऊनको स्वीटर’ को ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ। गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युबको फिल्मतर्फ ट्रेन्डिङ दुईमा परेको हो।

बुधबार दिउँसोसम्म तीन लाख ३१ हजारभन्दा बढि भ्युज बटुलेको छ। एक हजारभन्दा बढिले सकारात्मक प्रतिक्रिया दिएका छन्।

यो आर्टमाण्डूले बनाएकाे पहिलो फिचर फिल्म हो। पूर्वी नेपालको पाँचथरमा छायांकन गरिएको फिल्म सामाजिक कथामा आधारित छ।

पाँचथरका अलौकिक दृश्यहरूमा कथालाई काव्यात्मक शैलीमा प्रस्तुत गरेको फिल्मका निर्देशक नवीन चौहानले बताए। उनले फिल्मको कथा पाँचथरदेखि भारतको वेस्ट बंगालाको सीमासम्म फैलिएको जिकिर गरे। उनका अनुसार फिल्मले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रंगहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ।

फिल्ममा विपीन कार्की, मिरुना मगर, भावना खपाङ्गी, परीक्षा लिम्बू, एलेक्स पारस, सुरज तमु, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय गरेका छन्।

प्रकाशित: १७ वैशाख २०८२ १६:५३ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast