 
                             
                                            काठमाडौँ- टेलिसिरियल ‘मनको बाँध’ मा जापानी अभिनेत्री माहोले अभिनय गर्ने भएकी छन्। फोकस पिक्चर्सले निर्माण गरेको सिरियलकाे १९ भागमा माहाेकाे भूमिका रहेकाे निर्देशक प्रदीप खड्गीले बताए।
नयाँ भाग शनिबार (आज) साँझ ७ बजे प्रसारण हुनेछ। यसअघि सिरियलको १८ भाग प्रसारण भइसकेको छ। सिरियल कोठा भाडामा बस्ने पारिवारिक कथामा आधारित छ।
माहोले हालसालै ओटीटी प्लेटर्फम नेटफ्लिक्समार्फत सार्वजनिक गरिएको सिरिज ‘अफलाइन लभ’ मा अभिनय गरिसकेकी छन्। उनी मोडलिङ क्षेत्रमा समेत उतिकै सक्रिय छिन्। उनले विश्वकै प्रतिष्ठित फेसन प्लेटफर्म ‘पेरिस फेसन वीक’ मा सहभागीता जनाउँदै आएकी छ्न।
माहोलाई नेपाली टेलिसिरियलमा केमियो गराउन पाउँदा निर्देशक खड्की निकै हर्षित छन्। अन्तरराष्ट्रिय कलाकारलाई जोड्न पाउँदा सिरियलले पृथकता प्रदान गर्ने उनको विश्वास छ।

सिरियल दिवस खड्काको कथा र निर्देशक खड्गीकै पटकथामा निर्माण भएको हो। सिरियलमा श्रेया कर्माचार्य, दृष्टि थापा, सनिश शाक्य, प्रवीण बजगाईं, रवीन्द्र नेपाल, तृषला गुरुङ, विशेष भट्टराई, अविनेश श्रेष्ठ, मञ्जु श्रेष्ठ, कृष्ण भक्त महर्जन, लक्ष्मी कुमार महर्जन, राजेन्द्र महर्जनलगायत कलाकारको अभिनय छ।
सिरियलका निर्माता सन्नी शाही हुन् भने कार्यकारी निर्मातामा आशिष शाही छन्। सिरियलको ट्युिनङ गीत रन्त शोभा महर्जन र सन्नी शाहीले गाएका छन्। गीत निर्देशक खड्कीसहित सन्नी र सुशील राजुपाध्यायले लेखेका हुन्। निर्देशक खड्कीले नै संगीत भरेका छन्। अमन महर्जन र राज महर्जनले छायांकन गरेको सिरियल आभास महर्जनको सम्पादनमा बनेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 