टहरा भत्काएर सडक विस्तार

हिमाल प्रेस ११ वैशाख २०८२ ९:२४ | Thursday, April 24, 2025
टहरा भत्काएर सडक विस्तार

म्याग्दी- मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन्।

दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयले आफ्ना घरहआँगनका संरचना भत्काएका मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए।

यसअघि तीन दशमलव पाँच मिटर फराकिलो सडकको दायाँबायाँका संरचना हटाएर पाँच दशमलव पाँच मिटर फराकिलो बनाइएको उनले जानकारी दिए।

हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुंगे पुलतर्फ सडकका दुवै किनारमा ४०० मिटर लामो पानी निकासका निम्ति नाली निर्माण भएको छ। मालिका गाउँपालिकाले रु ४७ लाख ५३ हजार अनुदान उपलब्ध गराएको योजना कार्यान्वयनका लागि उपभोक्ताले पाँच लाख ४१ हजार आठ सय ३३ श्रमदान गरेका थिए।

प्रकाशित: ११ वैशाख २०८२ ९:२४ | Thursday, April 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast