ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा

हिमाल प्रेस १७ वैशाख २०८२ ८:४८ | Wednesday, April 30, 2025
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा

अर्घाखाँची- पाणिनी गाउँपालिका-६ वडा कार्यालयले वाडका ४६ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ।

वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार उनीहरूलाई बागलुङ कालिका, म्याग्दीको तातोपानी कुण्ड र मुक्तिनाथको यात्रा गराइएको हो। यात्रामा ९० वर्षीया गोमा पौडेललगायत ज्येष्ठ नागरिक सहभागी थिए।

वडाले आफूहरूका लागी तीर्थयात्राको व्यवस्था गरेकामा ७२ वर्षीय धाचाबहादुर रास्कोटीले आभार व्यक्त गरेका छन्। चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमअन्तर्गत तीन लाख रुपैयाँ खर्चेर तीर्थयात्रा गराइएको हो। यात्रामा ४६ जना ज्येष्ठ नागरिक, जनप्रतिनिधि, कर्मचारी गरी ६५ जना सहभागी थिए।

प्रकाशित: १७ वैशाख २०८२ ८:४८ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast