जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ : गुरुङ

हिमाल प्रेस ६ वैशाख २०८२ १७:४९ | Saturday, April 19, 2025
जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ : गुरुङ डा. जगमान गुरुङ

काठमाडौँ– राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले २०८२ साल जेठको १५ गते गणतन्त्रको अन्त्य हुने दाबी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित ‘पृथ्वीपथको आवश्यकता प्रवुद्ध वर्गको सोच’ विषयक कार्यक्रममा गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्र अन्त्य हुने दाबी गरेका हुन्।

उनले भारतका ९९ प्रतिशत मिडियाले नेपालमा राजतन्त्र आउने र हिन्दुराष्ट्र स्थापित हुने भनिरहेको जिकिर गरे।

उनले आफूहरुको अबको आन्दोलनका बारेमा छिटै जानकारी दिने बताए।

प्रकाशित: ६ वैशाख २०८२ १७:४९ | Saturday, April 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast