जुम्लाको तातोपानीमा लिफ्ट सिंचाइ आयोजना निर्माण

हिमाल प्रेस ३ वैशाख २०८२ ९:५८ | Wednesday, April 16, 2025
जुम्लाको तातोपानीमा लिफ्ट सिंचाइ आयोजना निर्माण

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित धौलापानीमा ५७ लाख ६१ हजार रुपैयाँ लागतमा लिफ्ट सिंचाइ आयोजना निर्माण सम्पन्न भएको छ।

कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उक्त आयोजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए।

कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा पचास घनमिटरको रिजर्भ ट्यांकी र दुईवटा १० घनमिटरका सहायक ट्यांकी निर्माण गरिएको छ। लिफ्ट सिंचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार आयोजनाबाट वडाका ३५ परिवार लाभान्वित भएका छन्।

प्रकाशित: ३ वैशाख २०८२ ९:५८ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast