‘जारी २’ बन्दै, वैशाख तेस्रो साताबाट छायांकन

हिमाल प्रेस १ वैशाख २०८२ ११:२७ | Monday, April 14, 2025
‘जारी २’ बन्दै, वैशाख तेस्रो साताबाट छायांकन

काठमाडौँ- नयाँ वर्ष २०८२ को अवसरमा अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘जारी’को सिक्वेल निर्माण घोषणा गरिएको छ। सोमबार नेपाली नयाँ वर्षमा फिल्मको फस्ट लुक सार्वजनिक गर्दै ‘जारी २’ निर्माण घोषणा गरिएको हो।

निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ। फिल्मको स्लोगन सङ अफ च्याब्रुङ राखिएको छ।

सिक्वेल ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाकै लेखन तथा निर्देशन रहनेछ। फिल्म यही वर्षको दसैँमा प्रदर्शन गर्ने टिमको तयारी छ। फिल्मको छायांकन वैशाख तेस्रो साताबाट पाँचथरमा सुरू गर्ने टिमको तयारी छ।

अभिनेता दयाहाङ र अभिनेत्री मिरुनासँगै फिल्ममा विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ। बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म रामबाबु गुरुङले लगानी गर्नेछन्।

कवि उपेन्द्र सुब्बाको डेब्यु निर्देशनमा बनेको ‘जारी’ले नेपाली बक्सअफिसमा १७ करोड  व्यापार गरेको थियो। यो फिल्म २०८० सालमा सर्वाधिक कमाउने फिल्मको पहिलो नम्बरमा परेको थियो।

प्रकाशित: १ वैशाख २०८२ ११:२७ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast