जनताले महसुस गर्नेगरी काम गरौँ, प्रचारबाजीका लागि नगरौँ : उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस २८ चैत २०८१ १२:०३ | Thursday, April 10, 2025
जनताले महसुस गर्नेगरी काम गरौँ, प्रचारबाजीका लागि नगरौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्नेगरी विकासका काम गर्नुपर्ने बताएका छन्।

बिहीबार अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्रचारबाजीको लागि मात्र नभएर जनताले महसुस गर्नेगरी नै काम गरेर देखाउने समय आइसकेको बताए।

‘अब हामीले खाली प्रचारबाजीको लागि यो गर्यौं ,त्यो गर्यौं भन्ने होइन कि जनताले महसुस गर्नेगरी नै काम गरेर देखाउने समय आइसकेको छ। त्यो अनुसार हामीले काम अगाडि बढाउनुपर्छ। जे जति योजनाहरु हामीले अहिले सम्पन्न गरेको छौँ। त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी भएको कामहरुलाई अगाडि बढाउँदा जनतालाई सुसूचित गराउनुपर्छ।’

उपप्रधानमन्त्री सिंहले बागमती नदी किनारमा रहेका मन्दिरको पुननिर्माण र जीर्णोद्वार गरिएको पनि उनले बताए।

उनले भने,‘हामीले गर्ने भनेको नदीहरुलाई स्वच्छ बनाउन, दुर्गन्ध हटाउन हामीले गर्नुपर्ने के हो त्यसमा योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरू उपाय छैन्। नदीहरुको करिडोर बनाउने जुन काम छ। त्यसलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउनको लागि सबैसँग समन्वय गरेर व्यवस्थित रूपमा सुरु गर्न लाग्नुपर्छ।’

प्रकाशित: २८ चैत २०८१ १२:०३ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast