जनक शिक्षा केन्द्रले सबै जिल्लामा पठायो पाठ्यपुस्तक

हिमाल प्रेस ३१ चैत २०८१ ९:०२ | Sunday, April 13, 2025
जनक शिक्षा केन्द्रले सबै जिल्लामा पठायो पाठ्यपुस्तक फाइल तस्बिर

काठमाडौँ- आगामी शैक्षिक सत्र २०८२ का लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभरका सबै जिल्लामा पाठ्यपुस्तक पठाइसकेको जनाएको छ। केन्द्रकाअनुसार मुगुका दुई स्थानीय तहबाहेक अन्य सबै क्षेत्रमा पाठ्यपुस्तक बिक्री केन्द्रहरूमा पुगिसकेको छ।

केन्द्रले हालसम्म १ करोड ७० लाख ५० हजार ९ सय थान पाठ्यपुस्तक छपाइ गरिसकेको छ। तीमध्ये २०७८ साल चैत २९ गतेसम्म विभिन्न ९ ओटा प्रादेशिक केन्द्रहरूबाट ७५ लाख ९४ हजार ७५ थान पाठ्यपुस्तक बिक्री भइसकेको जानकारी दिइएको छ।

जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तकहरूको यथेष्ट मौज्दात रहेको र आवश्यकतानुसार बिक्री तथा वितरण भइरहेको जनाएको छ।

यदि कुनै बिक्री केन्द्रमा पाठ्यपुस्तक नपुगेको वा अभाव देखिएको छ भने सम्बन्धित विद्यालय, शिक्षा शाखा, वा शिक्षा विकास तथा समन्वय इकाईमार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ।

साथै, शिक्षा मन्त्रालयको फोन नं. ०१-४२००३५३ मा पनि आवश्यक सूचना दिन सकिने व्यवस्था गरिएको छ।

प्रकाशित: ३१ चैत २०८१ ९:०२ | Sunday, April 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast