छुटे धवल शमशेर, छुटेनन् रवीन्द्र मिश्र

हिमाल प्रेस ८ वैशाख २०८२ ६:२९ | Monday, April 21, 2025
छुटे धवल शमशेर, छुटेनन् रवीन्द्र मिश्र

काठमाडौँ- राप्रपा महामन्त्री धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्। राजद्रोह लगायतको मुद्दामा पक्राउ परेका राणालाई आइतबार साँझ प्रहरीले हाजिरी जमानीमा छोडेको हो। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राणालाई छाड्ने काम स्वागतयोग्य भएको बताएका छन्।

क्यान्सरको उपचाररत समेत रहेका राणा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा थिए। उनीसँगै पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने छुटेका छैनन्।

श्रेष्ठले मिश्र र अन्य नेतालाई अझैपनि थुनामा राखिराख्नु अन्यायपूर्ण र नाजायज भएको बताएका छन्।

प्रकाशित: ८ वैशाख २०८२ ६:२९ | Monday, April 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast