छायांकनरत फिल्म ‘जलाकी’ मा जोडिए धीरज

हिमाल प्रेस १० वैशाख २०८२ १४:०५ | Wednesday, April 23, 2025
छायांकनरत फिल्म ‘जलाकी’ मा जोडिए धीरज

काठमाडौँ- अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘जलाकी’ मा अभिनेता धीरज मगर जोडिएका छन्। निर्देशक अशोकसँग उनले दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। यसअघि उनीहरुले गतवर्ष प्रदर्शन भएको फिल्म ‘खुस्मा’ मा सहकार्य गरेका थिए।

बागलुङको कालिका मन्दिरबाट केही साता अघि सुरु भएको फिल्मको पहिलो चरणको छायांकन सकिएको निर्माण टिमले जनाएको छ। टिमका अनुसार फिल्म रुकुम, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न स्थान र दक्षिण कोरियामा समेत छायांकन गरिनेछ।

फिल्म मगर र गुरुङ समुदायको संस्कृतिमा आधारित छ। कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने ‘जलाकी’ शब्दले मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई संकेत गरेको छ।

त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्ममा धिरजसहित सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन,आकृति राजभण्डारी, माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको अभिनय छ। फिल्मबाट मोडल आकृति राजभण्डारीको डेब्यु गरेकी छन्।

एम मिडियाको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्।

फिल्म शैलेन्द्र डी काकीको डिओपी, राजु रेग्मी मगर लाइन प्रोड्युुसर, महेश बराल मुख्य सहायक निर्देशक, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ।

प्रकाशित: १० वैशाख २०८२ १४:०५ | Wednesday, April 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast