चितवनमा छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, तीन घाइते

हिमाल प्रेस १ वैशाख २०८२ १२:५५ | Monday, April 14, 2025
चितवनमा छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, तीन घाइते

चितवन- जिल्लाका छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा पर्साको सकुहवा प्रसौनी गाउँपालिका-२ बस्ने अन्दाजी २५ वर्षीय लालबाबु पासवान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका-४ सापकोटा चोक नजिक बाप्र ०६–००१ च ०३४९ नम्बरको कारले पैदलयात्री पासवानलाई ठक्कर दिएको थियो।

आज बिहान कारको ठक्करबाट घाइते पासवानको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै, रत्ननगर नगरपालिका-६ दाराहात्ती चोकमा जंगल सफारी गरिरहेको जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

ना ४ च ३३५५ नम्बरको जिप आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा जिपमा सवार तीन जना घाइते भएका हुन्। खनालका अनुसार जिपमा सवार अन्य सात जना सकुशल रहेका छन्।

घाइते तीनै जनाको अवस्था खतरामुक्त रहेको उनले बताए। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १ वैशाख २०८२ १२:५५ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast