‍ चार करोड ७० लाख ३६ हजार लागतका ३ पुल निर्माण थालियो

हिमाल प्रेस ४ वैशाख २०८२ ८:२७ | Thursday, April 17, 2025
‍ चार करोड ७० लाख ३६ हजार लागतका ३ पुल निर्माण थालियो

म्याग्दी- धौलागिरि गाउँपालिकामा तीनवटा लामा झोलुंगे पुल निर्माण सुरु भएको छ। स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धौलागिरि गाउँपालिका-३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएकोे हो।

धौलागिरि गाउँपालिका-३ मुना र दर जोड्ने ३५५ मिटर र वडा नं ६ को खाउरीवाङ–धाइरिबोट जोड्ने ३६५ मिटर लामो झोलुंगे पुल निर्माणका लागि रामकृष्ण कन्ट्रक्सनसँग चार करोड ७० लाख ३६ हजार दुई सय ५० रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ। पुलको भौतिक प्रगति ५० प्रतिशत भएको छ।

आयोजनाका इञ्जिनियर मनिष अधिकारीले धौलागिरि गाउँपालिका-४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदी माथि २५० मिटर लामो झोलुंगे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट विनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी दिए।

प्रकाशित: ४ वैशाख २०८२ ८:२७ | Thursday, April 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast