 
                             
                                            बाजुरा– बुढीगंगा नगरपालिका–१ कुँडीमा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको छ।
चट्याङ लागेर बुढीगंगा–१ तल्लो कुडीकी वीरु सार्कीकी नौ महिनाकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
उनको घटनास्थलमै मृत्यु भएको हो। चट्याङ लागेर मृतक नाबालिकाकी आमा २८ वर्षीया सञ्जिता सार्की घाइते भएकी छिन्।
प्रहरी नायब उपरीक्षक गिरीका अनुसार घाइते सञ्जिताको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
                            प्रकाशित: २८ चैत  २०८१ २०:१५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 