काठमाडौँ- आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले गिरावट देखिएको छ। आइतबार प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर एक हजार ९७० कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
प्रकाशित: १५ वैशाख २०८२ १२:१५ | Monday, April 28, 2025
प्रतिक्रिया



