गलेश्वरको भेटी बजार सौन्दर्यकरणमा सहयोग

हिमाल प्रेस ३१ चैत २०८१ ९:५५ | Sunday, April 13, 2025
गलेश्वरको भेटी बजार सौन्दर्यकरणमा सहयोग

म्याग्दी- गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट गलेश्वर बजार सौन्दर्यकरण योजनामा ६ लाख सहयोग गरिएको छ। बेनी नगरपालिकाले सञ्चालन गरेको योजनामा गलेश्वर शिवालय क्षेत्र विकास कोषसहित स्थानीय मन्दिर संस्थाहरूले समेत आर्थिक सहयोग गरेका छन्।

कुल ३० लाख लागत अनुमान गरिएको परियोजनामा प्रवेशद्वारदेखि राहुघाट नदीसम्मको पैदलमार्गमा स्लेट ढुंगा बिछ्याइने र फूलका गमला राखिनेछ। सार्वजनिक सवारी आवतजावतको नयाँ व्यवस्था मिलाइनेछ।

कोषले चालु आवको साउनदेखि फागुनसम्म ६६ लाखभन्दा बढी आम्दानी र २५ लाखभन्दा बढी बचत गरेको जनाएको छ। गत वर्ष कोषले भेटी रकमबाट ज्येष्ठ नागरिक आश्रममा सभाहल निर्माणसमेत गरिसकेको छ।

प्रकाशित: ३१ चैत २०८१ ९:५५ | Sunday, April 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast