गगन थापाविरुद्धको अदालत अवहेलना मुद्दाको आज सुनुवाइ

हिमाल प्रेस १६ वैशाख २०८२ १२:०९ | Tuesday, April 29, 2025
गगन थापाविरुद्धको अदालत अवहेलना मुद्दाको आज सुनुवाइ कांग्रेस महामन्त्री गगन थापा/फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस महामन्त्री गगन थापाविरुद्ध दायर भएको अदालत अवहेलना मुद्दामा आज सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेशी तोकिएको छ।

थापाले लोकतन्त्र दिवसको अवसरमा गत बिहीबार आयोजित एक कार्यक्रममा संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति विवादमा सर्वोच्च अदालतले डिल गरेको अभिव्यक्ति दिएका थिए।

थापाले आयोगका पदाधिकारीहरूको कार्यकाल सकिने समय भइसक्दा समेत नियुक्ति नगरेको भन्दै अदालतले डिल गर्‍यो भने अब यसको विश्वसनीयता के रहन्रु भन्दै प्रश्न समेत गरेका थिए।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनन्तराज लुईटेल, प्रतिभा उप्रेती र विशाल थापाले थापाविरुद्ध सर्वोच्च अदालतमा अदालत अवहेलना मुद्दा दायर गरेका हुन्।

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवाद सर्वोच्चमा विचाराधीन अवस्थामा छ।

प्रकाशित: १६ वैशाख २०८२ १२:०९ | Tuesday, April 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast