 
                             
                                            खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ को अवसरमा पहिलो पटक ‘रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सुरु गरेको छ।
हुर्लुङमा आयोजित दुईदिने महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, रैथाने परिकार, स्थानीय उत्पादन, रेडपाण्डा र थारसम्बन्धी फोटो तथा भिडियो प्रदर्शनी गरिएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गरेको महोत्सवमा अभिनेता दयाहाङ राईसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
महोत्सवमार्फत ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ नामक नयाँ पदमार्गको शुभारम्भसमेत गरिएको छ।
                            प्रकाशित: २ वैशाख  २०८२ ८:३७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 