खोटाङमा प्रथम रेडपाण्डा तथा थार महोत्सव सुरु

हिमाल प्रेस २ वैशाख २०८२ ८:३७ | Tuesday, April 15, 2025
खोटाङमा प्रथम रेडपाण्डा तथा थार महोत्सव सुरु

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ को अवसरमा पहिलो पटक ‘रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सुरु गरेको छ।

हुर्लुङमा आयोजित दुईदिने महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, रैथाने परिकार, स्थानीय उत्पादन, रेडपाण्डा र थारसम्बन्धी फोटो तथा भिडियो प्रदर्शनी गरिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गरेको महोत्सवमा अभिनेता दयाहाङ राईसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

महोत्सवमार्फत ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ नामक नयाँ पदमार्गको शुभारम्भसमेत गरिएको छ।

प्रकाशित: २ वैशाख २०८२ ८:३७ | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast