‘खेल’ को प्रिमियर : मिथकीय कथामा रहस्य र मनोविज्ञानकाे चर्चा

हिमाल प्रेस ११ वैशाख २०८२ १०:३५ | Thursday, April 24, 2025
‘खेल’ को प्रिमियर : मिथकीय कथामा रहस्य र मनोविज्ञानकाे चर्चा

काठमाडौँ- यही शुक्रबार अर्थात् वैशाख १२ देखि प्रदर्शन हुने फिल्म ‘खेल’ को उपत्यकामा ग्रान्ड प्रिमियर आयोजना गरिएको छ। ठमेलको छाया सेन्टरमा बुधबार भएको प्रिमियरमा फिल्मकर्मी, निर्माण टिम र पत्रकारहरू उपस्थिति थिए।

मिथिकल सस्पेन्स र थ्रिलर जनरामा बनेको फिल्मले नेपाली मिथक, रहस्य र आधुनिक मनोविज्ञानलाई सशक्त रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिए। उनीहरुले फिल्मको कथा, पटकथा, संवाद, छायांकन, सम्पादन पक्षकाेसमेत प्रशंसा गरेका थिए। साथै अभिनेत्री सुरक्षासहित नयाँ कलाकारकाे अभिनय सशक्त रहेको उल्लेख गरे।

फिल्मका मुख्य कलाकार सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम, निर्देशक अनुराग प्रधान, आस्था श्रेष्ठ,लगायत सहभागि भए।

फिल्म हेरेपछि निर्देशक प्रधानले आफूले बलिउडमा सिकेको ज्ञान नेपाली फिल्ममा लगाएको बताए। अभिनेत्री सुरक्षा पन्तले युवाले सच्चा मनले बनाएको फिल्म सफल हुनेमा विश्वास रहेको बताइन्।

फिल्ममा अन्य कलाकारमा मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ लगायतको अभिनय छ।

सिरुपाते कट्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता लुइसराज महर्जन र आशिषराज महर्जन हुन्। आशिषराज महर्जनको कथा रहेको फिल्मको पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका हुन्। रोशन राई र सञ्जय लामाले छायांकन गरेको फिल्म आशिषराज महर्जनले सम्पादनमा बनेको छ।

प्रकाशित: ११ वैशाख २०८२ १०:३५ | Thursday, April 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast