 फाइल तस्बिर
                             फाइल तस्बिर 
                                            काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ।
सभापति शेरबहादुर देउवा थाइल्याण्ड प्रस्थान गरेपछि उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो।
थाइल्याण्ड भ्रमणमा गएका देउवाले उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख खड्कालाई कार्यवाहक सभापति तोकेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुन्जलेसम्मका लागि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको पोडेलले बताए।
सभापति देउवा स्वास्थ्य परीक्षणका लागि आइतबार दिउँसो थाइल्याण्ड प्रस्थान गरेका हुन्। पौडेलका अनुसार नियमित स्वास्थ्य जाँच र फलोअपका सिलसिलामा सभापति देउवा थाइल्याण्ड गएका हुन्।
उनको वैशाख १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 