‘के घर के डेराः घर नं २’ को गीत ‘आँखा’

हिमाल प्रेस १० वैशाख २०८२ ११:३३ | Wednesday, April 23, 2025
‘के घर के डेराः घर नं २’ को गीत ‘आँखा’

काठमाडौँ- फिल्म ‘के घर के डेराः घर नं २’ को ‘आँखा’ बाेलको पहिलो गीत सार्वजनिक भएको छ। रिकेश गुरुङको स्वर रहेको गीतमा एसडी योगीले संगीत भरेका छन्। गीत राम अविरल विष्टले लेखेका हुन्।

प्रेम कथामा आधारित लिरिकल गीतको भिडियोमा फिल्ममा कलाकार खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरी फिचर्ड छन्।

दीपेन्द्र के खनालले निर्देशन गरेको फिल्म आगामी जेठ २ मा प्रदर्शन हुनेछ। सामाजिक कथामा बनेको फिल्मका लेखक बुद्धि सागर हुन्। फिल्ममा खगेन्द्र र उपासनासहित आर्यन सिग्देल, निश्चल बस्नेत, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ।

फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। कृष्णबहादुर थापाले छायांकन गरेको फिल्मका निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन्।

प्रकाशित: १० वैशाख २०८२ ११:३३ | Wednesday, April 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast