कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य

हिमाल प्रेस २८ चैत २०८१ ८:३४ | Thursday, April 10, 2025
कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य Photo by Panda / Takumi Images. All rights reserved.

काठमाडौँ- हङकङमा जारीमा चार देशीय अन्तर्गतको टी २० शृंखलामा नेपाललाई कुवेतले १८६ रनको लक्ष्य प्रदान गरेको छ।

मिसन रोड ग्राउन्डमा निर्धारित २० ओभरमा कुवेतले ८ विकेट गुमाएर १८५ रन बनायो। नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३ विकेट लिँदै कुवेतका ब्याटरमाथि हाबी भएका थिए। नन्दन यादव २ विकेट लिँदा कुशल भुर्तेल र ललित राजवंशीले समान १-१ विकेट झारे।

टस हारेर ब्याटिङ गरेको कुवेतका लागि ओपनर ब्याटरले राम्रो सुरुवात गरेका थिए। राविजा सन्दारुवानले २९ रनको पारी खेल्दा क्लिनटो अन्तोले ४१ रन बनाए। मित मान्सारले ३५ रन जोड्दा विलाल ताहिरले ३२ रन थपे।

कप्तान मोहम्मद अस्लामले १७ रनमा अन्तिम बलमा रनआउट भए।

प्रकाशित: २८ चैत २०८१ ८:३४ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast